जाजरकोट–जुम्ला सुरुङ निर्माण गर्न ३५ अर्ब लाग्ने अनुमान


सुर्खेत । सुर्खेतबाट जुम्ला जान र आउन सात घण्टा छिटो हुने लुम्बिनी–रारा सडक खण्डमा पर्ने जाजरकोटको कुशे गाउँपालिकाबाट जुम्ला जोडने सुरुङमार्ग निर्माण गर्नका लागि ‘प्रिफिजिबिलिटी’ अध्ययनको काम सकिएको छ ।

२०७८ साउन ४ गते ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले सडक विभागलाई पत्र लेख्दै राजमार्ग स्तरोन्नति तथा पूर्ण स्थापना कार्यक्रमअन्तर्गत रारा राजमार्गको एन एच ५६ (शीर्षक नम्बर ३३७०११३८) को कुशे पाटनमा सुरुङमार्ग निर्माण गर्नका लागि चालु आव २०७८/७९ मा विस्तृत अध्ययनको योजना समावेश गरी कार्यान्वयन गर्न आग्रह गर्दै निवेदन दिएका थिए । उक्त निवेदनमाथि काम सुरु गरेर सडक विभागले २०८० जेठमा इटिको–टिएमएस–रेज जेभीसँग सुरुङमार्गको अध्ययन सम्झौता गरेको थियो ।

आव २०७९/८० मा सुरुङमार्ग निर्माण गर्न अध्ययन गर्न भन्दै सरकारले बजेट विनियोजन गरेको थियो । आव २०७९/८० को अन्तिममा प्रिफिजिबिलिटी’ अध्ययन गर्नका लागि सडक विभागले टेन्डर आह्वान गरेर कामको सुरुवात गरेको थियो । पाँच महिनाभित्र पूरा गर्ने लक्ष्यसहित कामको सुरु गरिएको भए पनि इटिको–टिएमएस–रेज जेभीले एक वर्षभन्दा बढी समय लगाएर प्रिफिजिबिलिटी’ अध्ययनको प्रतिवेदन सडक विभागमा बुझाएको छ ।

पाँच महिनाभित्र ‘प्रिफिजिबिलिटी’ अध्ययनको काम पूरा गर्ने उद्देश्यसहित सडक विभागले २०८० जेठमा इटिको–टिएमएस–रेज जेभीसँग सुरुङमार्गको अध्ययन सम्झौता गरेको थियो । दुई महिनाअघि उक्त ‘प्रिफिजिबिलिटी’ अध्यनको काम सकिएर सडक विभागमा बुझाएको टिएमएस रेज जेभीका प्रमुख राजीव झाले जानकारी दिए । अब सडक विभागले सुरुङमार्ग निर्माण गर्नका लागि कुन मोडलमा जाने भन्ने कुरा बाँकी छ । जाजरकोटको कुसे गाउँपालिका–८, साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका–८, इमिल्चाघारीमा १० किलोमिटर लम्बाइ रहेको छ ।

जाजरकोटको कुसे गाउँपालिका–८, साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका–८, इमिल्चाघारीमा १० किलोमिटर लम्बाइ रहेको छ । अध्ययनअनुसार सुरुङ बनाउनका लागि करिब ३५ अर्ब लाग्ने प्रक्षेपण गरिएको छ । सुरुङमार्ग निर्माण भएमा लुम्बिनी, दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदै रारा जोड्ने छोटो सडक बन्ने छ ।

अध्ययनअनुसार सुरुङ बनाउनका लागि करिब ३५ अर्ब लाग्ने प्रक्षेपण गरिएको छ । सुरुङमार्ग निर्माण भएमा लुम्बिनी, दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदै रारा जोड्ने छोटो सडक बन्ने छ । सुरुङमार्गको प्रिफिजिबिलिटी अध्ययनले सुरुङमार्ग निर्माणका लागि स्थान उपयुक्त रहेको निष्कर्ष निकालेको छ । सडक विभागले अब विस्तृत सम्भाव्यता अध्ययनको काम अघि बढाउने छ । ढिला गरेर भए पनि प्राविधिक टोलीले निर्माणस्थलमै गएर सुरुङ निर्माण गर्ने क्षेत्रको अध्ययन गरेर प्रतिवेदन पेस गरिएको झाले बताए ।

सुरुङमार्ग निर्माणका लागि स्थान उपयुक्त रहेको प्रिफिजिबिलिटी अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । अहिले सडक विभागलाई बुझाएको प्रतिवेदनका आधारमा विस्तृत सम्भाव्यता अध्ययन गरिने सडक विभागका इन्जिनियर दीपक एकामीले बताए । इटिको–टिएमएस–रेज जेभीले विभागमा प्रतिवेदन पेस गरेको र सोहीबमोजिम विस्तृत अध्ययनको कामअघि बढाइने सडक विभागका इन्जिनियर एकामीले बताए ।

उनका अनुसार सामान्य अध्ययनको काम सकिएको छ भने विस्तृत अध्ययनको काम अब सुरु हुनेछ । प्रिफिजिबिलिटी अध्ययनअनुसार अन्य कामअघि बढाइने विभागले जनाएको छ । अहिले लुम्बिनी रारा सडक खण्डको काम चलिरहेको छ । यो पर्यटकीय सडक पनि हो । मध्यपहाडी लोकमार्गका साथै भेरी करिडोरसँग समेत जोडिएर जाने यो राजमार्गले सडक मात्र छोट्याउँदैन यात्रा गर्दा भारी मात्रामा सुन्दर हिमाल, जंगली जनावार तथा अग्ला हिमालको आहा देखिने हिम चचुराको अबलोकनसमेत हुनेछ ।

यही राजमार्गको छेउँमै नलगाड जलविद्युत आयोजना ४१७ मेगावाटको निर्माणस्थल रहेको छ । भेरी करिडोरमा जोडिएर दल्ली हुँदै बारेकोट गाउँपालिकाबाट जुम्ला जोडने सडकले भारी मात्रामा प्रकृतिक रूपमा क्षति हुने सम्भावना बढेको समयमा यो सडक सो सडकका लागि विकल्पसमेत बन्ने छ । योसँगै तीनवटा ठूला सडकको बीचमा जाजरकोट रहने भएको छ । जुम्ला, डोल्पा, रुकुम पश्चिम, दैलेख, कालिकोटको बीचमा जाजरकोट पर्ने गर्दछ ।

कर्णाली प्रदेशको सबैभन्दा बीचको भाग जाजरकोट पर्ने पर्दछ । यही भागबाट सुरुङ निर्माण भएमा साविकका कर्णालीले देशका ठूला सहरमा जानका लागि बाटो भारी मात्रामा छोटिने छ । जुम्लाका नेता तथा पूर्वमन्त्री नरेश भण्डारीले समेत यही सुरुङमार्ग निर्माण भएमा मात्र साविकको चौतर्फी विकासका लागि टेवा पुगने विश्वास छ । काठमाडौँ, पोखराबाट जाजरकोट हुँदै जुम्ला मुगु हुम्ला पुग्ने सडकसँग समेत यो राजमार्ग जोडिने गर्दछ ।

जाजरकोटबाट काठमाडौं जानका लागि लाग्ने समय भन्दा मध्यपहाडी हुँदै काठमाडौं पुग्ने बाटो भारी मात्रामा छोटो पर्ने पर्दछ । अहिले अधिकांश यात्रु यही सडक भएर यात्रा गरिरहेका छन् । जाजरकोट र जुम्ला मात्र नभइ कर्णालीकै संमृद्धिसँग जोडिएको यो मार्गलाई जतीसक्दो छिटो निर्माण चरणमा लिनुपर्ने पूर्वमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । यदि साविकको कर्णालीमा विकास भएको देख्ने र हेर्ने हो भने यो मार्ग तत्काल निर्माण चरणमा लिनुपर्ने उनले बताए ।