एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने


काठमाडौँ । नेकपा एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने भएको छ । घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

बिहीबार हुने सभामुखको चुनावका लागि बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ। उनी सत्ता गठबन्धन दलका साझा उम्मेदवार हुनेछन् । एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताबीच भएको यसअघिको सहमतिअनुसार सभामुख एमालेले लिने सहमित भएको छ ।

झापा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित घिमिरेलाई सत्ता साझेदार दलका तर्फबाट सभामुखको उम्मेदवार बनाउन लागिएको हो । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्षबीच राष्ट्रपति एमालेले ५ वर्ष पूरै कार्यकालका लागि लिने तथा प्रधानमन्त्री र सभामुख आलोपालो दुवै दलले नेतृत्व गर्ने सहमति भएको थियो ।