
प्रहरीका अनुसार सो गाडी अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल खसेको छ । दुर्घटनामा चालक वीरेन्द्रनगर नगरपालिका ७ निवासी २७ वर्षीय सागर शाही, दैलेखका डुङ्गेश्वर गाउँपालिका ५ का ३३ वर्षीय दीपन्द्रजंग शाही, दैलेखकै भगवतीमाई गाउँपालिका ५ का वर्ष ३१ का बबिन शाही र दैलेखकै गुराँस गाउँपालिका ३ का वर्ष ३६ का राजेन्द्र बीसीको मृत्यु भएको छ ।
दुर्घटना भएको जानकारी पाए लगत्तै घाइते अवस्थामा प्रहरीले उद्धार गरी उपचारका लागि घाइतेहरुलाई कर्णाली प्रदेश अस्पताल लगेको थियो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा दैलेखकै भैरवी गाउँपालिका ५ का २६ वर्षीय वीरेन्द्रराज शाही घाइते छन्। छातीमा चोट लागेका उनी बोल्न सक्ने अवस्थामा भएको प्रहरीले जनाएको छ । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।




पालिका बहस । ८ माघ २०७९, आईतवार १०:२३