विरामी बोकेर नेपालगन्ज उडेको हेलिकोप्टर सुर्खेतमा आकस्मिक अवतरण


सुर्खेत । डोल्पाबाट बिरामी बोकेर बाँकेको नेपालगञ्ज उडान भरेको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण सुर्खेतको लेकवेशी नगरपालिकामा आकस्मिक अवतरण गरिएको छ ।
लेक लागेर बिरामी भएका सशस्त्र प्रहरीका असई नरबहादुर विसीलाई डोल्पाबाट उपचारका लागि नेपालगञ्ज लगिँदै गर्दा मौसममा खराबी आएका कारणले सुर्खेतको लेकबेसी नगरपालिका–६ मा आकस्मिक अवतरण गरेको हो ।हेलिकोप्टर साढे १२ बजेतिर खेतमा अवतरण गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले बताए । उनका अनुसार अहिले मौसममा सुधार आएपछि हेलिकोप्टर सुर्खेत विमानस्थल ल्याइ पुर्‍याइएको छ । बिरामी सशस्त्र प्रहरीका असई विसीको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।