हरिमायाको तीज गित ‘पार्वता’ सार्वजनिक


सुर्खेत । गायिका हरिमाया कार्कीको तीज गीत ‘पार्वता’ सार्वजनिक गरिएको छ । बुधबार हरिमाया कार्की अफिसयिल युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको हो । नेपाली संस्कृती र स्थानीय मौलिकता झल्किने तीज गीतमा स्थानीय कलाकारहरुको अभिनय रहेको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशकी अध्यक्ष हरिमाया कार्कीको एकल स्वरमा रहेको ‘पार्वता’मा संगीत र रचना गायिका कार्कीले आफै गरेकी हुन् भने संगीत एरेन्ज खेमराज गौतमले गरेका छन् । मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा कलाकार चन्द्र मन्दिर, कृष्णराज धमाला, निरक वम, थिरबहादुर खत्री, सीता भण्डारी, एकन्द्रिा थापा केसी, तुलसी शाही, करिस्मा सिंह ठकुरी, सिर्जना परियारलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
गीतको भिडियो सुर्खेतको भुरेली, कोलडाँडा, उत्तरगंगा मन्दिर लगायत सुर्खेतका  विभिन्न रमणीय स्थालमा छायाँकन गरिएको छ । निर्मल प्याकुरेलेले सम्पादन गरेको उक्त भिडियोमा सविता रानाको मेकअप, हरिराम रोकायाले लाइट व्यवस्थापन र भरत कुमालको छायाँङ्कन रहेको यो गीतको भिडियोमा चन्द्र मन्दिरको निर्देशन रहेको छ । आरध्या मिडिया हाउसको व्यवस्थापनमा रहेको गीतमा भीम पौडेल प्रोडक्सन म्यानेर रहेका छन् ।
गीतका रचनाकार हरिमाया कार्कीका अनुसार यो गीतमा कर्णालीको मौलिक संस्कृती भल्किने र परम्परागत समाजमा छोरीलाई आमा बुवाले दिएको घरमा विहे गरी जानु पर्ने अवस्थामा सबै भन्दा नजिकको साथीलाई विहेको निर्णय गर्नु अघि मनको अन्योल चिर्न मिल्ने साथिलाई सोध्नु परेको अवस्था चित्रण गरिएको छ ।
सिंगापुरे लाहुरे घरमा माग्न आएको अवस्थामा घरपरिवार सबैले विहे गरिदिने बचन दिए पछि आफुले के निर्णय लिने भन्नेबारे मिल्ने साथि पार्वतालाई सोधेको दृश्य लगभग पुरै गीतमा झल्किएको छ । ‘मागी विवाह गर्ने हाम्रो परम्परा हो’ गीतकार कार्कीले भनिन्, ‘घरमा लाहुरे माग्न आए पछि परिवारका सबै सदस्यहरु छोरी दिन तयार भए तर विहेको निर्णय लिनु अघि दुलही साथी पार्वताको सल्लाह लिन्छिन् ।’ यसले हाम्रो पुरानो संस्कृती र साथिप्रतिको आसक्ति भल्किएको कार्कीको भनाई छ ।
सधै माइतीघर जान नपाएको बिलौना, घरमा सासु ससरा र नन्द देवरको गाली र तिरस्कारलगायतका वेदना भन्दा हाम्रो पुरानो संस्कार साथिप्रतिको विश्वास गीतमा झल्काउन खोजिएको कार्कीले बताई न् । गीतमा स्थानीय मौलिकता, साथिप्रतिको भरोसा, परिवारप्रतिको विश्वास, केही सपनाहरु पुरा नहुँदै विहे गरेर पराई घर जाँदा भविष्यप्रतिको अन्यौल, नयाँ ठाउँमा साथिसंगीको सम्झनाले सताउँदाको कल्पना लगायतका बिषयमा दुलहीको जिज्ञासा गीतमा समेटिएको छ । यस अघि कार्कीले विभिन्न गीतहरु बजारमा ल्याइ सकेकी छिन् ।

पुरा गीत हेर्न यहाँ क्लिक गर्नुस्