किन भेट्दैछन एमाले नेताहरुले काँग्रेस सभापति देउवालाई ?

काठमाडौं | काठमाडौं उपत्यकामा नदी किनारबारे सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौं महानगर पालिकाका मेयरले जारी गरेको सूचनाका विषयमा ध्यानाकर्षण गराउन बिहान मंगलबार एमाले नेताहरूले सभापति देउवालाई भेटेका हुन्।

एमालेले उपत्यकाका नदी किनारमा मापदण्डभन्दा २० मिटर थप गरी संरचना बनाउन पाइने गरी सर्वोच्च अदालतले गरेको फैसलाको न्यायिक पुनरवलोकनको माग गर्दै आएको छ।

भेटमा देउवाले अदालतको फैसलाका कारण समस्या उत्पन्न भएको भन्दै समाधानका लागि चासो देखाएको एमालेका एक नेताले बताए। उनले यो विषयमा सरकार न्यायिक पुनरावलोकनमा जानुपर्ने धारणा राखेको ती नेताको भनाइ छ।

एमालेका बागमती प्रदेश इञ्चाज राजन भट्टराई, काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेल, काठमाडौं जिल्लाका अध्यक्ष दीपक निरौला सहितको टोली सभापति देउवा भेट्न बूढानीलकण्ठ पुगेको थियो।