बराहताल गाउँपालिकाको बजेट ६३ करोड

सुर्खेत । बराहताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि  ६३ करोड ६ लाख ९६ हजार ५० रुपैयाको बजेट ल्याएको छ । सोमबार गाउँपालिकाको १९ ‍औं गाउँसभामा उपाध्यक्ष लक्ष्मी पुन मगरले आगामी बर्षको बजेट पेश गरेकी हुन् । बराहताल गाउँपालिकाले आगामी बर्ष चालुतर्फ कूल बजेटको ३२ प्रतिशत र पुँजिगततर्फ ६८ प्रतिशत बजेट विनियोजन गरिएको उपाध्यक्ष पुनले बताईन् ।

पालिकाको स्रोतमा भने कर्णाली प्रदेश सरकार र सं३य सरकारको अनुदानमा आश्रित रहेको छ । यो नगरपालिका पूर्ण रुपमा सङ्घीय र प्रदेश सरकारमा निर्भर रहेको छ । ६३ करोडको बजेट ल्याएको बराहतालको आन्तरिक आम्दानी २ करोड ५७ लाख ८२ हजार १४६ रुपैयाँ अनुमान गरिएको छ ।

पालिकाले आन्तरिक राजस्वतर्फ १ करोड १० लाख २२ हजार एक सय रुपैयाँ आम्दानी गर्ने, दहत्तर बहत्तरबाट संकलन हुने ७२ लाख ६० हजार र चालु आर्थिक बर्षमा बैंक मौज्दात रहने ७५ लाख रुपैयाँलाई अगामी बर्षको आन्तरिक बजेट अनुमान गरेको छ । बराहताल गाउँपालिकाले नेपाल सरकारबाट राजस्व अनुदान बाँडफाँडबाट प्राप्त १५ करोड ८३ हजार र कर्णाली प्रदेशबाट राजस्व बाँडफाँडबाट २३ लाख ८४ हजार नौ सय चार रुपैयाँ प्राप्त गरेको उपाध्यक्ष पुनले बताईन् ।

त्यस्तै बराहताल गाउँपालिका नेपाल सरकारबाट समानीकरण अनुदान ११ करोड ७८ लाख, ससर्त अनुदान (चालुतर्फ) २४ करोड ८७ लाख र पुँजिगततर्फ ६६ लाख,  समपुरक अनुदान १ करोड ७० लाख र वित्तीय हस्तान्तरण भई आएको कूल ४८ करोड १ लाख रहेको छ । कर्णाली प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड ४५ लाख १० हजार,  ससर्त अनुदान (चालुतर्फ) २६ लाख ८६ हजार,  पुँजिगत तर्फ २ करोड ५ लाख, बिशेष अनुदान ५० लाख र समपुरक अनुदान १ करोड ९१ लाख ५० हजार रहेको बताइएको छ ।