
सुर्खेत । कर्णाली प्रदेश सभा निर्वाचनको प्रत्यक्षतर्फ अन्तिम नतिजा आइसक्दा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले समान ९÷९ सिट हाँसिल गरेका छन् । प्रत्यक्षतर्फका २४ क्षेत्रमध्ये नेपाली काँग्रेस र माओवादी केन्द्रले समान सिटमा जित निकाल्न सफल भएका छन् ।
नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट नेपाली काँग्रेस र माओवादी केन्द्रले समान सिटमा जित निकाले पनि एकीकृत समाजबादी भने प्रत्यक्षतर्फ प्रदेश सभामा शुन्य भएको छ । गठबन्धमा नेपाली काँग्रेसले १२, माओवादी केन्द्रले १० र एकीकृत समाजवादीले २ क्षेत्रमा उम्मेद्वार बनाएका थिए ।
नेपाली काँग्रेसले उम्मेद्वार बनाएको सुर्खेत निर्वाचन क्षेत्र नम्बर २(क) जुम्ला जिल्लाको प्रदेश सभा (क) र डोल्पा (क) गरी ३ निर्वाचन क्षेत्रमा जित निकाल्न सकेन । माओवादी केन्द्रको भागमा गरेको दैलेख निर्वाचन क्षेत्र २ (क)मा हार व्यहोर्नु प¥यो भने एकीकृत समाजवादीले डोल्पा (क) मुगु (क) र जुम्ला –क) गुमाएको छ ।
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले समान ९÷९ सिट ल्याउँदा नेकपा एमालेले ५ सिट जितेको छ भने एक जना स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् ।




पालिका बहस । ११ मंसिर २०७९, आईतवार १२:१४