मन्त्रिपरिषद् बैठक सिंहदरबारमा शुरु


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक शुरु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रचण्डले मंगलबार ३ राज्‍यमन्त्रीसहित २३ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए ।