कर्णालीमा बढ्दै लागूऔषध दुर्व्यसनी


सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशमा लागु पदार्थ दुव्र्यसनी तथा ओसार–पसार बढेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्यांक हेर्दा लागू औषध दूव्र्यसनी र कारोबार बढेको देखिएको हो ।

वितेका दुई आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्म दुई सय ४७ वटा मुद्दा लागु पदार्थ दुव्र्यसन तथा ओसारपसारसम्बन्धी विभिन्न जिल्लामा दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/०७८ मा सो सम्बन्धी प्रदेशभर ७० वटा मुद्दा दर्ता भएकोमा गत आर्थिक वर्ष २०७८/०७९ मा त्यो संख्या बढेर ९५ पुगेको छ । चालु आर्थिक वर्ष २०७९/०८० को हालसम्म लागु पदार्थ दुव्र्यसन तथा ओसारपसारका ८२ वटा मुद्दा दर्ता भइसकेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

चालु आर्थिक वर्षका साढे दुई महिना बाँकी छन् । विगतको वृद्धि दर हेर्दा यस पटक पनि उक्त संख्या बढ्ने देखिन्छ । तीन आर्थिक वर्षको तथ्यांक हेर्दा हुम्लाबाहेक कर्णालीका अन्य ९ वटा जिल्लामा लागु औषधको ओसारपसार, प्रयोग र बिक्री वितरण भएको देखिन्छ । दस जिल्लामध्य सुर्खेतमा सबै भन्दा बढी एक सय ८२ मुद्दा दर्ता भएका छन् । जुम्लामा १८, मुगुमा १७, दैलेखमा ८, जाजरकोटमा ७, कालिकोटमा ६, रुकुम पश्चिम ५ र डोल्पामा एक वटा मुद्दा दर्ता भएका छन ।

उक्त मुद्दामा चार सय ५० जनालाई प्रतिबादी बनाएर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार सय १७ पुरुष र ३४ जना महिला रहेको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक जेसी शाहले बताए । प्रहरीले चालु आर्थिक वर्षको हालसम्म एक सय ८३ ग्राम ५ सय ८ मिलिग्राम ब्राउन सुगर, १ सय ६१ ग्राम ५ सय ३७ मिलिग्राम चरेश, ७ सय ६२ ग्राम गाँजा, ट्याव्लेट २ सय ५० बरामद गरेको छ ।

प्रहरी नायव उपरीक्षक शाह प्रहरीले लागू पदार्थ दूव्र्यसनी नियन्त्रणका लािग प्रहरीले विशेष योजना बनाएर काम गरिरहेको बताए । कारबाही र प्रहरीको निगरानीका बीच पनि वर्षेनी युवा पुस्तामा लागु पदार्थ दूव्यर्सनी फैलँदै गएको भन्दै नियन्त्रणका लागि परिवार, समाज र सबै सारकोकारवालको भूमिका हुने शाहको भनाइ छ । विद्यालय तहदेखि नै लागुऔषध नियन्त्रण सम्बन्धी सचेतना फैलाउन आवश्यक हुने शाहको सुझाव छ ।

प्रहरीका अनुसार कर्णालीमा लुम्बिनी प्रदेशका बाँके बर्दिया र सुदूरपश्चिम प्रदेशका कैलालीको नाका भएर सुर्खेतमा लागु पदार्थ भित्रिने गरेको छ । यस्तै चरेशका लागि भने कर्णालीका अन्य जिल्लाबाट सुर्खेत भएर बाहिरिने गरेको प्रहरीको बुझाइ छ । लागू पदार्थ ओसार–पसारका लागि सुर्खेत जिल्ला ट्रान्जिटका रुपमा प्रयोग हुन थालेको छ ।