विपत् जोखिमबाट जोगिन कृत्रिम घटना अभ्यास


सुर्खेत । वीरेन्द्रनगरमा विपतबाट जोगिने उपायबारेको कृतिम अभ्यास गरिएको छ । भूकम्पलगायतका प्रकोपबाट हुने क्षति कम गर्न र प्रकोपपछि उद्धार र राहत वितरणको प्रक्रियाबारे कृत्रिम अभ्यास हो । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना र नेपाल रेडक्रस सोसाइटीलगायतका एक दर्जन बढी बिकास साझेदारहरुको सहयोगमा कृतिम अभ्यास गरिएको हो ।
कार्यक्रम उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कणाृली प्रदेश विभिन्न विपतको उच्च जोखिममा रहेकोले यसबाट जोगिन पूर्व तयारी जरुरी रहेको बताए । ‘कर्णाली प्रदेश विपत्को उच्च जोखिममा छ’ उनले भने, ‘जोखिमबाट जोगिन र विपत आइसके पछि पनि खोज, उद्धार र राहतका क्रियाकलापका लागि पनि कृतिम अभ्यास प्रभावकारी हुन सक्छ ।’ मान्छेमा सेवाभाव हराएको भन्दै विपत्मा उद्धार गर्नु पर्ने ठाउँमा पनि सेल्फी खिच्न मानिसहरु उद्धत भएको भन्दै त्यसको निराकरणका लागि पनि कृतिम अभ्यास प्रभावकारी हुने उनले बताए ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमूख मोहनमाया ढकालले विपत जुनसुकै समयमा पनि पर्न सक्ने भएकाले विपतबाट क्षति कम गर्न यस्ता अभ्यासहरुले समुदाय चनाखो बनाउने र विपद्पछिको उद्धार र राहतमा पनि सहजीकरण गर्न सकिने बताईन् । उनले कर्णालीमा बाढीपहिरो, आगलागी, चट्याङ, हावाहुरीले लगायतका प्रकोपले वर्षेनी धनजनको क्षति हुने गरेकोले यस्ता अभ्यासबाट धेरै कुरा सिसकाइ हुने विश्वास गरिन् ।
विपद्को समयमा प्रभावकारी रुपमा उद्धार कार्यमा सजिलोका लागि कृत्रिम घटना अभ्यास गरिएको हो । विपद् पूर्व तयारी तथा प्रतिकार्यको तालिम पाएका दक्ष जनशक्तिले विपद्को बेलामा गरिने उद्धारको कृत्रिम अभ्यास गरेका हुन् । कृतिम अभ्यासमा भुकम्प, आगलागि, बाढी पहिरो र सडक दुर्घटनाको विपतको कल्पना गरी कृत्रिम अभ्यास गरिएको थियो ।
कार्यक्रममा कणाृली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुष्पराज शाहीले कर्णाली विपतको उच्च जोखिममा रहेको उल्लेख गर्दै प्राकृतिक प्रकोपको पनि सामना गरिरहेको बताए । विपतमा हुने क्षती कम गरी विपत पछि द्रुत गतिमा उद्धार, राहतको काम होस्, समन्वयका लागि कृत्रिम अभ्यास गरिएको बताए ।
विपद प्रतिकार्यको लागि समुदायलाई सचेत गर्न सके मात्र न्यून क्षति हुने कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव उत्तम गौतमले बताए । विपत परेपछि अपनाउनु पर्ने उपाय, खोज र उद्धार, पुनस्र्थापना, घाइतेको उपचार, सरसफाइ, सुरक्षित स्थानमा पु¥याउने र प्रतिकार्य लगायतका बिषयहरुमा काल्पनिक परिस्थिति अनुसारका अभ्यासहरु गरिएको हो ।
विपतका बेला हुने क्षति न्यूनीकरण गर्न अपनाउनु पर्ने तत्कालिन उपायबारे अभ्यासमार्फत स्थानीयलाई जानकारी गराएको छ । कृत्रिम अभ्यासमा घटनापछि राहत सामग्री वितरण, क्षति विवरण संकलन गरिएको थियो । जोखिममा रहेको स्थानका समुदायलाई जागरुक गराउन तत्काल उद्धार तथा राहतका लागि र प्राकृतिक विपद्को सामना गर्न पूर्व तयारी स्वरुप थालिएको कृत्रिम अभ्यासले सर्वसाधारणलाई क्रियाशिल बनाउने नेपाल रेडक्रस कर्णाली प्रदेशका अध्यक्ष डिलाराम सुवेदीले बताए ।