कर्णाली नवनियुक्त मुख्यमन्त्री शर्माको शपथ ग्रहण आज

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिने भएका छन् । मुख्यमन्त्रीमा मङ्गलवार नियुक्त भएका माओवादी केन्द्रका शर्माले आज शपथ लिन लागेका छन् ।

शपथ ग्रहण आज प्रदेश प्रमुखको कार्यमा दिउँसो ३ बजेका लागि समय ताेकिएको छ । शर्मालाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।