सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज (शुक्रबार) विश्वासको मत लिने भएका छन् । आज दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश सभा सचिवालयले जनाएको छ ।
गत पुस २७ गते नेकपा (माओवादी केन्द्र)का प्रदेश संसदीय दल नेता शर्मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सत्ता साझेदार दलहरू नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एकीकृत समाजवादी)ले पनि समर्थन गरेको थियो ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत लिइसकेपछि उनले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
पालिका बहस । ६ माघ २०७९, शुक्रबार १२:४७