हुम्ला । सिमकोट गाउँपालिकाले आइतबार शोक बिदा दिएको छ । गत असोज यही असोज २४ गते चङ्खेली गाउँपालिका– ४ को देशी खोलामा आफ्नो कर्मचारीको जीप दुर्घटनामा परि निधन भएकोमा गाउँपालिकाले शोक बिदा दिएको हो ।

जीप दुर्घटनामा सिमकोट गाउँपालिका– ८ को स्याँडा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी बसन्दी बुढाको मृत्यु भएकामा एक दिन गाउँपालिकाभर शोक बिदा दिइएको उपाध्यक्ष शुशिला भाम रोकायाले बताइन् । गाउँपालिकाअन्तर्गतका सबै सरकारी निकाय, स्वास्थ्य संस्था र सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको उनले जानकारी दिइन् ।

दसैँ मनाउन माइत जानुभएकी स्वास्थ्यकर्मी बुढा फिर्ता हुने क्रममा जिप दुर्घटनामा परि मृत्यु भएको भएको थियो । उनका नाबालक छोरीको पनि उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छ भने जीपमा सवार उनका श्रीमान महेन्द्र रोकाया र अर्की छोरी पनि घाइते भइ हाल सुर्खेतमा उपचाररत छन् ।