
सुर्खेत । हुम्लाको ताँजाकोट गाउँपालिकाका सबै वडामा सडक सञ्जाल जोडिएका छन्। संघीयता लागू भएयता आठ वर्षमा गाउँपाालिका, प्रदेश सरकार र संघीय सरकारको लागत साझेदारीमा सडक निर्माण कार्य भएपछि सिंगो गाउँपालिका सडक सञ्जालमा जोडिएको हो।
ताँजाकोट गाउँपालिकाका पाँच वटै वडा सडक सञ्जालसँग जोडिएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए। वडा मात्र नभएर २१ मा १९ वटा बस्ती पनि सडक सञ्जालसँग जोडिएको बताउँदै उनले अब वडा नम्बर ३ मासपुर र वडा नम्बरको चिई गाउँ मात्र जोडिन बाँकी रहेको जानकारी दिए।
मासपुर गाउँका लागि सडक निर्माण कार्य भई रहेको र अब यसै आर्थिक वर्षमा उक्त गाउँमा सडक जोडिने र अर्को सडक नजोडिएको चिई गाउँमा पनि आफ्नै कार्यकालमा सडक सञ्जाल जोडिने अध्यक्ष जैसीकाो भनाइ छ।
पहिलो र दोस्रो कार्यकालको हालसम्मको अवधिमा गाउँँपालिकाभर सडक सञ्जालको निर्माण कार्यले फड्को मारेको उनको दावी छ। यसले गर्दा ग्रामीण सडक समेत राष्ट्रिय सडक सञ्जालसंग जोडिएका छन्। गाउँपालिका केन्द्रमा ६ देखि आठ घण्टा पैदल हिड्नु पर्ने समय बचत भएको छ। सडक जोडिएपछि गाउँपालिका केन्द्रबाट एकदेखि डेढ घण्टामा पुग्ने कार्य भई रहेको उनी बताउँछन्।
आफ्नो गाउँपालिकाका वडा मात्र नभएर छिमेकी अदानचुली गाउँपालिकाको सिमानासम्म सडक निर्माण गर्ने कार्य समेत भएको उहाँले बताउनुभयो। सवै वडामा सडक जोडिएको कारण स्थानीय बिरामी पर्दा स्टेचरमा बोक्नु पर्ने बाध्यता मात्र नहटेर बिरामीलाई समयमै स्वास्थ्य चौकीमा पुर्याउन पनि सहज भएको छ।
हाल सडक नजोडिएका दुई बस्ती बाहेक अन्य सबै बस्तीका स्थानीयले पैदल हिड्नु पर्ने बाध्यता पनि हटेको छ। बिकास निर्माणका सामानहरु पनि ढुवानीमा सहजता भएको छ। सडक जोडिएकै कारण आरसिसी भवन निर्माणको क्रम बढेको छ भने अन्य बिकास निर्माणका सामग्री पनि सस्तिएका छन्। सबै वडा सडक सञ्जालसँग जोडिने हुम्ला जिल्लाका सात वटा गाउँँपालिकामध्ये ताँँजाकोट पहिलो भएको छ।




पालिका बहस । २५ मंसिर २०८२, बिहीबार १७:००