जाजरकोट प्रदेश सभामा गठबन्धनका उम्मेदवार निर्वाचित

जाजरकोट । जाजरकोटको प्रदेश सभा अन्तर्गत भएका निर्वाचनमा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश सभा क मा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली काँग्रेसका जिल्ला सभापतिसमेत रहेका वेदराज सिंहले १८ हजार ५४३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डम्बरबहादुर सिंहले ११ हजार ४७० मत ल्याएका छन् ।

त्यस्तै प्रदेश ख मा नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका राजीवविक्रम शाहले १६ हजार ४० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जिल्ला अध्यक्ष खीमबहादुर शाहीले १० हजार ५ सय ३० मत प्राप्त गरे ।